ओली र देउवा समान हैसियतमा

अध्यादेशको लागि एकीकृत समाजवादीलाई मनाउने प्रयासमा कांग्रेस

अध्यादेशको लागि एकीकृत समाजवादीलाई मनाउने प्रयासमा कांग्रेस
सुन्नुहोस्

काठमाडौं : सत्तारूढ कांग्रेस–एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा संलग्न दुवै दलका नेताहरू बैठकमा सहभागी थिए ।null

उच्चस्तरीय संयन्त्रको बैठकमा संसद्मा पेस गर्ने अध्यादेश, सरकारका कामकारबाहीलगायत विषयमा छलफल भएको छ । सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ । यसअघि यसै साता दुई पटक संयन्त्र कार्यदलको बैठक बसेको थियो ।

ओली र देउवा समान हैसियतमा 

प्रधानमन्त्री ओली र  कांग्रेसका सभापति देउवालाई समान हैसियतमा राखिएको थियो । संयन्त्रको बैठकमा दुवै नेतालाई बराबरको हैसियत दिनुको राजनीतिक अर्थ रहेको छ । 

अध्यादेशमा नेपाललाई फकाउने प्रयास 
उता अध्यादेशको लागि माधवकुमार नेपालको पार्टी नेकपा एकीकृत समाजवादीलाई मनाउने प्रयासमा पनि कांग्रेस लागेको छ ।राष्ट्रियसभामा एकीकृत समाजवादीको ८ सांसद छन् । कांग्रेस र एमालेको सरकारलाई जसपा नेपालको निर्णय अध्यादेश पारित गर्न सकस भएको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेसको १६, एमालेको १० मात्रै सांसद छन् ।  

त्यसकारण कांग्रेस सभापति शेरबहादुर देउवामार्फत नेपाललाई फकाउने  प्रयास थालिएको छ । देउवाले नै अध्यादेश ल्याउने ओलीको प्रयासलाई रोकेको  भन्दै अध्यादेशमा नेपाललाई सहमत गराउने प्रयासमा लागेका छन् । कांग्रेस एकीकृत समाजवादीसँग छलफल 
थालेको छ । 

विगतमा एमाले फुुटाएर एकीकृत समाजवादी बनाउँदाको र हाल पनि ओलीले तयार पारेको अध्यादेशलाई रोकेको भन्दै नेपालसँग कांग्रेसले संवाद थालेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.