हाम्रो छोरा फर्कियो, अरूका कहिले ?

हाम्रो छोरा फर्कियो, अरूका कहिले ?
सुन्नुहोस्

बैतडीबाट तराई झरेर कञ्चनपुरको कृष्णपुर नगरपालिकाको वडा नम्बर– ४ मै घर भएका पदम धामी पनि घर फर्किए। पदमका बुवा भानसिंह धामी दूध बिक्री गर्छन्। बिहानै उठेर दूध संकलन गरेर गुलरिया र अत्तरिया बजारमा बिक्री गर्नु भानसिंहको दैनिकी हो।

वडा नम्बर ४ मा केही ऐलानी र केही नम्बरी जग्गा उनीसँग छ। ‘दूध बोकीबोकी छोरो पढाएको हुँ। पढाइमा राम्रै थियो। त्यही भएर त सरकारले विदेश पठायो, तर एक महिना नपुग्दै घर फर्केपछि जाने बेला लागेको ऋण पनि कसरी तिर्ने पिर छ’ भानसिंहले भने। 

तर, उनको मनमा त्यो ऋणभन्दा पनि छोरा युद्धभूमिबाट सकुशल घर पुगेकोमा खुसी छ। ‘पदम परिवारको जेठो छोरा हो। १० जना आमाबुबाले छोरा गुमाए। मेरो छोरो त सकुशल घर पुग्यो। संघीय सरकार र स्थानीय सरकारलाई धन्यवाद छ। राज्य भनेको अभिभावक हो। उसले अभिभावकको भूमिका निभायो। सबैलाईलाई धन्यवाद छ,’ भानसिंहले भने।

पदमकी आमा जसमती धामीको खुसीको सीमा छैन। ‘युद्ध भइरहेको देशबाट छोरा बाँचेर आयो। त्यसैमा खुसी छु। १० जना बुवाआमाका काख रित्तिएका छन्। उनको घर आँगनमा लास पुग्ने बेला ती बाआमालाई कस्तो होला ? हाम्रो त छोरा सकुशल आयो। ल्याइदिने सबैलाई नमन छ’ जसमतीले भनिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.