काठमाडौं : त्रिकोणात्मक टी- २० आई सिरिज अन्तर्गत युएईसँगको खेलमा नेपालले पहिलो विकेट लिएको छ। मूलपानी रंगशालामा भएको खेलमा पहिलो ओभरमै सोमपाल कामीले पहिलो विकेट लिएका हुन्।
कामीको बलमा युएईका खालिद साह क्याच आउट भएका हुन्। अहिले युएई २ ओभरमा ८ रन बनाएर खेलिरहेको छ। नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
टीट्वेन्टी विश्वकप छनोटको तयारीका लागि नेपालले हङकङ र यूएई सम्मिलित टीट्वेन्टी शृंखला आयोजना गरेको हो।
प्रतिक्रिया दिनुहोस !