कोसी प्रदेशबाट सत्तारुढ गठबन्धन संकटतर्फ धकेलियो : सांसद थापा

कोसी प्रदेशबाट सत्तारुढ गठबन्धन संकटतर्फ धकेलियो : सांसद थापा
सुन्नुहोस्

गुल्मी : कोसी प्रदेशबाट सत्तारुढ गठबन्धन संकटतर्फ धकेलिएको नेकपा एमालेका नेता सूर्य थापाले बताएका छन्। नेकपा एमाले जिल्ला कमिटी गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्यसमेत रहेका नेकपा एमाले गुल्मीका इन्चार्ज थापाले बताए।

उनले कोसी प्रदेशलाई मध्यावधि निर्वाचनबाट जोगाउन नेपाली कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेर विश्वासको मत दिएको बताए।

‘सत्तागठबन्धनको एउटा टायर पन्चर भएको छ। बाँकी हुँदै जान्छन्,' उनले भने, 'अहिलेको गठबन्धनले दसैं तिहारमात्रै मनाउँछन्, बाँकी भन्नसक्ने अवस्था छैन।' केन्द्रमा एमालेले भोगेको नियति प्रदेशमा भोग्न नपर्ने र कोसी प्रदेशमा एमालेसहितको सरकार विस्तार भएको उनले स्पष्ट पारे। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.