हङकङविरुद्ध नेपालको सुखद सुरुवात, करणले लिए दुई विकेट
काठमाडौं : त्रिकोणात्मक टी- २० आई सिरिज अन्तर्गत हङकङसँगको खेलमा नेपालले दोस्रो विकेट लिएको छ। मूलपानी रंगशालामा भएको खेलमा करण केसीले दुई विकेट लिएका हुन् । उनले आफ्नो स्पेलको पहिलो र दोस्रो ओभरमा विकेट लिए ।
केसीले पहिलो बलमै विकेट लिएका थिए । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले पहिलो बलमै कप्तानलाई गुमाएको हो ।
हङकङले पहिलो विकेटका रुपमा कप्तान निजाकत खान र अर्का ओपनर अंशुमान रथलाई गुमायो । रथले ७ रन बनाए ।
३ ओभरको सामाप्तिसम्म हङकङले १२ रन बनाएको छ ।
प्रतिक्रिया दिनुहोस !