तीन महिनामा १ करोड बढी राजश्व संकलन

तीन महिनामा १ करोड बढी राजश्व संकलन
सुन्नुहोस्

बागलुङ : जिल्ला प्रशासन कार्यालय बागलुङले चालु आर्थिक वर्षको तीन महिनामा एक करोड ५६ लाख रुपैयाँ बढी राजश्व संकलन गरेको छ। 

जिल्ला प्रशासन कार्यालयले नागरिकता  वितरण, राहदानी वितरण लगायतबाट चालु आर्थिक वर्ष २०८०/०८१ को सुरुवाती तीन महिनामा १ करोड ५६ लाख ८१ हजार ४७५ रुपैयाँ संकलन भएको जनाएको हो। 

प्रशासन कार्यालले मंगलबार आयोजना गरेको पत्रकारहरूसँग बडादसैंको शुभकामना आदानप्रदान कार्यक्रममा त्रैमासिक प्रगति विवरण प्रस्तुत गरेको हो। प्रशासनले चालु आर्थिक वर्षको सुरुवाती तीन महिनामा १ हजार १५१ वटा नयाँ नागरिकता र १ हजार ६२ वटा नागरिकताको प्रतिलिपि वितरण गरिएको जनाएको छ। 

जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले वैवाहिक अंगीकृत नागरिकता लिन कोही पनि नआएको बताए। उनले पछिल्लो तीन महिनामा २ हजार ७ सय ६९ वटा राहदानी जिल्लाबाट सिफारिस गरिएकोमा २ हजार ४ सय ४३ वटा राहदानी वितरण गरिएको बताए। प्रशासनले २ हजार ७५३ जनाको राष्ट्रिय परिचयपत्र विवरण दर्ता गरेको छ। 

प्रशासनले वैदेशिक रोजगार क्षतिपूर्ति ७८ लाख २९ हजार ६८५ रुपैयाँ र विपत राहत रकम ३८ हजार रुपैयाँ वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए। उनले १० वटा क्षतिपूर्ति तथा राहत वितरण गरिएको बताए। यस्तै भारतीय पेन्सन सम्बन्धी ३९१ वटा सिफारिस र ६१३ वटा अन्य सिफारिस गरिएको सहायक प्रजिअ बरालले जानकारी दिए। 

प्रशासनले उपभोक्ताहरूको स्वास्थ्यलाई ध्यानमा राखेर ११ पटक बजार  अनुगमन गरेको सहायक प्रजिअ बरालले बताए। उनले बागलुङ बजार सहित जिल्लाका दश वटा पालिकाका मुख्य मुख्य बजारको अनुगमन गरिएको बताए। 

बजार अनुगमनको क्रममा म्याद गुज्रेका खाद्य वस्तुहरू धेरै भेटिएको बताउँदै अखाद्य वस्तुहरू बरामत गरेर नष्ट गरिएको सहायक प्रजिअ बरालले बताए। यस्तै दर्ता नभएका पसलहरूलाई दर्ता गर्न निर्देशन दिइएको सहायक प्रजिअ बरालको भनाइ छ। यस्तै दुई पटक कार्यालयहरूको समेत अनुगमन गरिएको थियो।

प्रशासनमा ९ वटा संघसंस्था दर्ता, ५६ वटा नवीकरण भएका छन्। जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता २ वटा, फैसला ५ वटा भएका छन् भने ६३ वटा आपराधिक घटना भएको प्रजिअ रिजालले बताए। 

उनले जिल्लामा लागूऔषध, जबरजस्ती करणी, बहुविवाह र हत्याका घटनाहरूको संख्या बढी रहेको र कारागारमा पनि सोही घटनामा फैसला भएका कैदीबन्दीहरू देखिएको बताए। उनले जिल्ला कारागार बागलुङमा १६१ जना पुरुष, १३ जना महिला कैदीबन्दी र २ जना आश्रित बालबालिका रहेको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.