स्वास्थ्य मन्त्रालयले भन्यो - दसैं बिदाका दिनमा आकस्मिक चिकित्सकीय समूह तयारी अवस्थामा राख्नू

स्वास्थ्य मन्त्रालयले भन्यो - दसैं बिदाका दिनमा आकस्मिक चिकित्सकीय समूह तयारी अवस्थामा राख्नू
सुन्नुहोस्

काठमाडौं : सरकारले सार्वजनिक बिदाका दिनमा अस्पतालहरूमा  आकस्मिक चिकित्सकीय समूह तयारी अवस्था राख्न निर्देशन दिएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै दसैंमा  सार्वजनिक बिदाका दिनहरूमा अस्पतालहरूमा आकस्मिक चिकित्सकीय समूह  र एम्बुलेन्स तयारी अवस्थामा राख्न सम्बन्धित नियकालाई अनुरोध गरेको हो।

'सार्वजनिक बिदाका दिनहरूमा अस्पतालहरूमा आकस्मिक स्वास्थ्य सेवा उपलब्धताको सुनिश्चितताका साथै आकस्मिक चिकित्सकीय समूह
आधारभूत आकस्मिक मेडिकल प्राविधिक,एम्बुलेन्स आदि तयारी अवस्थामा राख्नहुन तथा राख्न लगाउनुहुन सरोकारवाला निकायहरूमा अनुरोध गर्दछौं,'प्रेस विज्ञप्तिमा उल्लेख  छ।

चाडपर्वका बेलामा हुने असन्तुलित खानपान तथा जीवनशैलीका कारण स्वास्थ्यमा समस्या देखिन सक्ने भन्दै मन्त्रालयले सेतो मासु,फलफूल र रेसादार खानेकुरा सेवन गर्न समेत अनुरोध गरेको छ।

चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गरिरहेका बिरामीलाई उचित व्यवस्था गरी नियमित औषधि सेवन गर्न मन्त्रालयले आग्रह गरेको छ।

यसैगरी मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी जानकारी आवश्यक भएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हटलाइन १११५ र ११३३ मा सम्पर्क गर्न सकिने जानकारी गराएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.