गुल्मीका शक्तिपिठ दर्शनार्थीले भरिभराउ
![गुल्मीका शक्तिपिठ दर्शनार्थीले भरिभराउ](https://annapurnapost.prixacdn.net/media/albums/6_ZxpoL2emb4_0kQMEhgV7D.jpg)
गुल्मी : आज आश्विन शुक्ल नवमी अर्थात् विजया दशमीको नवौं दिन। नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी देशभर मनाइँदैछ। गुल्मीका विभिन्न स्थानमा रहेका शक्तिपिठमा बिहानैदेखि नवदुर्गाको पुजाआराधाना गर्न दर्शनार्थीको भिडभाड छ।
जिल्लाको इस्माकोट, धुर्कोटकोट, मुसिकोट, घमिरकोट लगायतका विभिन्न शक्तिपिठमा दर्शनार्थीको बाक्लो उपस्थिति देखिन्छ । घटस्थापनामा राखिएको जमरा चढाइ देवी मन्दिर र शक्तिपीठमा पाडा,बोका, भेडा, कुखुराको बलिसहित दुर्गा भवानीको विशेष पूजाआराधना चलिरहेको छ।
सोमबार बिहानैदेखि मालिका गाउँपालिकाका घमिर, मर्भुङ्ग,अर्जैलगायतका कोटमा पुजा गर्नेको लर्को छ । दसैंघर , कोट र देवी मन्दिरको आफ्नै महत्व र विशेषता छन् । यी शक्तिपिठमा भाकल गरेवापत पाडा, बोका , भेडा परेवा कुखुराको बोली दिने चलन छ ।
घमिर खड्गछत्र मन्दिरमा यसपटक २५ वटा पाडा , ७५ वटा बोका , आठवटा भेडा र सयौं परेवाको बलि दिने मन्दिर व्यावस्थापन समिति अध्यक्ष डेम बहादुर खत्रीले जानकारी दिए । घटस्थापनाको दिनदेखि मन्दिरमा ब्राह्मण , पुजारीले पुजा गरिरहेका छन् र आज नवमीको दिन बलि दिने चलन छ । अध्यक्ष खत्रीले भने भोलि दशमीको दिन गाउँका मानिस जम्मा भएर टीका लगाइन्छ पर्सि फूलपाती सेलाएर कोट परिसरमा सरायनाच हुने गर्दछ ।
पहिलेजस्तै कोट तथा गाउँमा हुने रमाइलो र मौलिक संस्कृति विस्तारै हराउँदै गएकोमा मालिका गाउँपालिका ७ घमिरका भिम बहादुर कार्कीको चिन्ता व्यक्त गरे। 'पहिले खेतमा मार्सी धान पाकेर पहेँलो हुन्थ्यो काम साचेर मेला हेर्न पुगिन्थ्यो तर आजभोलि त युवाजति विदेश पाकापुस्ता घरमै बस्ने भएकाले पछिल्लो समय मौलिकता र संस्कृति नै हराउँदै गएको छ,' कार्कीले भने ।
गुल्मीमा अवस्थित खड्गछत्र मन्दिरमा नवमीको दिनभर पुजा र मार हान्ने चलन छ । भोलि अर्थात् दशमीको दिन अग्रज र मान्यजनको हातबाट टीका थाप्ने , आशीर्वाद लिने आफन्त भेटघाट गर्ने गरिन्छ । एकादशीको दिनदेखी पुर्णिामाको दिनसम्म जिल्लाभरका शक्तिपिठ र अन्य स्थानमा सरायनाच नाच्ने र विभिन्न सास्कृतिक कार्यक्रम हुने गर्दछ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)