नेपालले यूएईलाई दियो २८१ रनको लक्ष्य
काठमाडौं : नेपालले एसिसी यू १९ प्रिमियर कपको फाइनल खेलमा युएईलाई २ सय ८१ रनको लक्ष्य दिएको छ। कप्तान देव खनालको कीर्तिमानी शतकमा नेपालले २८० रन बनायो।
मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८० रन बनाएको हो।
कप्तान खनालले ८९ बलमा १०० रन बनाए। उनले नौ चौका र तीन छक्का प्रहार गरेका थिए। यो उनको यस प्रतियोगितामै दोस्रो शतक हो। यू–१९ मा नेपालका लागि तेस्रो शतक हो।
प्रतिक्रिया दिनुहोस !