मुक्तिनाथ मन्दिर र ठिनी कोतघरमा दसैं टीका

मुक्तिनाथ मन्दिर र ठिनी कोतघरमा दसैं टीका

जोमसोम : मुस्ताङको मुक्तिनाथ मन्दिर र घरपझोङ-५ ठिनीस्थित कोतघरमा दसैं टीका हुने भएको छ। मुक्तिनाथमा दिउँसो ११ बजेर २ मिनेटमा दसैं टीका शुभारम्भ हुनेछ भने ठिनी कोतघरमा दिउँसो १ बजे दसैं टीका हुने बताइएको छ।

मुस्ताङ घुम्ने तथा मुक्तिनाथको दर्शन गर्नेहरूलाई मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीले टीका लगाइदिनेछन्। धार्मिक दृष्ट्रिकोणले पनि मुक्तिनाथको ठुलै महिमा छ। मुक्तिनाथमा टीका लगाउन चाहनेहरूलाई पुजारीले दसैं टीका लगाइदिने तयारी भइरहेको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए। उनका अनुसार मुक्तिनाथमा बर्सेनि विजया दशमीको दिन दसैं टीका हुन्छ।

परिवारबाट बिछोडिएका, टीका लगाइदिने आफन्तजन नभएका र स्वतः स्फूर्त रूपमा मुक्तिनाथमा पुगेर टीका लगाउने चाहने भक्तजनको मुक्तिनाथ मन्दिरमा भीडभाड हुने गर्छ। गतवर्ष मुक्तिनाथमा करिब ३५ जनाले दसैं टीका लगाएका थिए। यसवर्ष करिब २५ सयले दसैं टीका लगाउने अनुमान गरिएको छ। दसैं टीका लगाउन पर्यटक तथा स्थानीवासी समेत मुक्तिनाथमा जाने गरेको पाइएको छ।

यसैगरी मुस्ताङको घरपझोङ गाउँपालिका-५ ठिनी कोतघरमा पनि सामूहिक दसैं टीका हुँदैछ। त्यहाँ सदियौं वर्षदेखि बर्सेनि ज्येष्ठ नागरिकहरूबाट सामूहिक दसैं टीका लगाउने कार्यक्रम हुन्छ। नवरात्रको अष्ठमीका दिन पशुबली दिएर कोतघरमा राखिएका हातहतियारहरूलाई पूजाआजा गरिन्छ।

ठिनी कोतघरमा टीका लगाउन घरपझोङ गाउँपालिका आसपासका नागरिक दसैं टीका लगाउने ठिनी गाउँ आउने गरेको स्थानीय निरज थकालीले जानकारी दिए।

अधिकांश बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको मुस्ताङमा आदिवासी जनजातिमध्ये ठिनी गाउँमा मात्र दसैं टीका लगाउने गरिन्छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.