मुक्तिनाथमा दर्शनार्थीलाई दसैं टीका

मुक्तिनाथमा दर्शनार्थीलाई दसैं टीका
सुन्नुहोस्

जोमसोम : हिमाली जिल्ला मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर र मुस्ताङको घरपझोङ-५ ठिनी स्थित कोतघरमा मंगलबार सामूहिक दसैं टीका लगाइएको छ। मुक्तिनाथमा पुजारी र ठिनी कोतघरमा ज्येष्ठ नागरिकहरूबाट सर्वसाधारणलाई टीका लगाइएको हो।

मुस्ताङ घुम्ने, मुक्तिनाथको दर्शन गर्न आउने र यही मेलोमा मुक्तिनाथ पुगेर दसैं टीका लगाउने विशेष योजना बनाएर आएका भक्तजनलाई मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीले टीका लगाइदिएका हुन्।

धार्मिक दृष्ट्रिकोणले पनि मुक्तिनाथको ठूलै महिमा छ। मुक्तिनाथमा टीका लगाउन चाहनेहरूलाई पुजारी सुवेदीले दसैं टीका लगाइदिएका हुन्। 

प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथमा बर्सेनि विजया दशमीको दिन भक्तजनलाई नवदुर्गा भवानीको दसैं टीका लगाइदिने प्रचलन छ।
तनहुँबाट मुक्तिनाथ दर्शनका लागि मुस्ताङ आएका अनुज पौडेलले यसपटक मुक्तिनाथमै दसैं टीका लगाउने उद्देश्यले परिवारसहित आएको बताए। उनले जीवनको एकपल्ट मुक्तिनाथमा दसैं टीका लगाउँदा धार्मिक मोक्ष प्राप्त हुने भएकाले यसपटक परिवारिक सदस्यहरूसहित मुक्तिनाथमा मन्दिरमा पुजारीबाट दसैं टीकाका ग्रहण गरेको बताए। उनले मुक्तिनाथ भगवान शिरोपरी भगवान रहेकाले जीवनको एकपल्ट दसैं टीका मुक्तिनाथमा लगाउनुपर्ने सुझाए।

विशेषत: परिवारबाट बिछोडिएका, टीका लगाइदिने आफन्तजन कोही नभएका र स्वतः स्फूर्तरूपमा मुक्तिनाथमा पुगेर टीका लगाउन आउने भक्तजनको मुक्तिनाथ मन्दिरमा निकै ठूलो भीडभाड देखिन्थ्यो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.