बागलुङमा अटोरिक्सा दुर्घटना
बागलुङ : बागलुङमा अटोरिक्सा (टेम्पो) दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। बुधबार दिउँसो बागलुङ बजारबाट बागलुङ नगरपालिका-३ मुल्पानी जादै गरेको ध१ह ७५ नम्बरको अटोरेक्सा मुलपानीमा दुर्घटना हुँदा पर्वतको जलजला गाउँपालिका, ४ मल्लाजका ३७ वर्षीय बाबुराम परियार, उनकी श्रीमती २९ वर्षीया माया परियार र छोरा ७ वर्षीय दीपेन्द्र परियार घाइते भएका छन्।
घाइते तीन जनाकै धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। घाइतेमध्ये बाबुरामको शरीरमा केही चोटपटक लागेको छ भने बाँकी दुई जनाको अवस्था सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका ट्राफिक प्रहरी हवल्दार टीकाराम शर्माले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !