नुवाकोटमा दुर्घटना हुँदा एक जनाको मृत्यु
नुवाकोट : नुवाकोटको बेलकोटगढी-७ बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
बा४ख ५७९३ नम्बरको बसले बा प्र ०३ ००४ प ९२१५ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा ५० वर्षीया साबित्रा अधिकारीको मृत्यु भएको हो।
उनका २३ वर्षीय छोरा अर्जुन अधिकारीलाई थप उपचारका लागि त्रिशुली अस्पतालबाट काठमाडौं लगिएको छ।
प्रतिक्रिया दिनुहोस !