उपल्लो मुस्ताङमा ३३ केभी क्षमताको सवस्टेशन निर्माण हुने

उपल्लो मुस्ताङमा ३३ केभी क्षमताको सवस्टेशन निर्माण हुने

जोमसोम : उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड-१ चराङ र वारागुङ मुक्तिक्षेत्र-३ चैलेमा नेपाल विद्युत प्राधिकरणले दुई वटा अलग-अलग ३३ केभी क्षमताको सवस्टेशन निर्माण गर्ने भएको छ। लामो समयदेखि मुस्ताङमा देखिएको विद्युतीय समस्या निराकरण गर्न र कोरला नाकासम्म भरपर्दो विद्युतीय सेवा उपलब्ध गराउन सवस्टेशन निर्माण गर्न लागिएको हो।

नेपाल विद्युत प्राधिकरणका इन्जिनियर विमलराज रावतले उक्त सवस्टेशन निर्माणका लागि ठेक्का आह्वान गरिएको बताए। लागत र सवस्टेशन निर्माण गर्ने कम्पनीको कार्यदक्षता हेरेर ठेक्का सम्झौता गर्ने उनको भनाइ छ। विद्युत प्राधिकरणले सवस्टेनका लागि कामसमेत अघि बढाइसकेको छ।

प्राधिकरणले मुस्ताङको थासाङ-२ कोवाङ देखि चैले हुँदै उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड-१ चराङसम्म १०३ किमी दूरीमा ३३ केभी प्रशारणलाइन विस्तार गर्न थालेको हो।

यसका लागि प्राधिकरणले सन् २०२५ को जुलाईमा सम्पन्न गर्नेगरी ४ महिनाअघि जुलाई ६ मा ठेक्का सम्झौता गरेको थियो। २७ करोड ८६ लागतमा प्रदेशी हुलास जेभी कम्पनीले ठेक्का सम्झौता गरेको हो। यसका लागि अहिले मुस्ताङमा लाइनको पोल र तार जडानको काम भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.