एमालेको चियापन कात्तिक १५ गते
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट दसैं, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा निर्धारण गरिएको चियापान कार्यक्रम एक दिन पछि सरेको छ ।
यही कात्तिक १४ गते चियापान कार्यक्रमको आयोजना हुने भनिएकामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसको नेपाल भ्रमणको कार्यतालिकालाई ध्यान दिँदै यही कात्तिक १५ गतेका लागि कार्यक्रम सारिएको एमालेका केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।
चियापान कार्यक्रम सो पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा दिउँसो १२ : १५ बजेबाट सुरु हुने एमालेले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !