त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले ५ विकेट गुमायो
काठमाडौं : त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा नेपालले ५ विकेट गुमाएको छ। १३ ओभर सकिँदा नेपालले ५ विकेट गुमाउँदै १११ रन बनाएको छ।
टस हारेको नेपालले युएईले फिल्डिङ रोजेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो।
यसअघि नेपालले हङकङ र यूएईलाई समान २/२ खेलमा हराएको थियो। यूएई र हङकङले समान एक-एक खेल जित हात पारे पनि नेट रनरेटमा यूएईले हङकङलाई पछि पार्दै फाइनलमा स्थान बनाएको हो। सिरिजका चारै खेलमा शानदार जितसहित नेपाल यसअघिनै सिरिजको फाइनल प्रवेश गरिसकेको छ।
नेपालले पछिल्लो खेलमा यूएईलाई ५ विकेटले हराएको थियो। आईसीसी टी-२० विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट संघ (क्यान) ले त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलाको आयोजना गरेको हो।
प्रतिक्रिया दिनुहोस !