त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलाको उपाधि यूएईलाई

त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलाको उपाधि यूएईलाई

काठमाडौं : यूएईले त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलाको उपाधि जितेको छ। नेपाललाई ४ विकेटले हराउँदै यूएई विजयी भएको हो। 

उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले अन्तिम बल खेल्नु अघि ६ विकेट गुमाएर भेट्टाएको हो। नेपालले यसअघि लिगका चारवटै खेल जितेको थियो। तर, फाइनल भने नेपाल चुकेको छ। 

मुहमद वासिमले ४५ रन बनाएर यूएईलाई राम्रो सुरुवात दिलाएका थिए। अर्का ओपनर आयांश शर्माले २५ र वृत्य अरविन्दले २६ रनको योगदान दिएका थिए। नेपालका गुल्सन झा र अविनाश बोहराले समान २ तथा कुशल मल्लले १ विकेट लिए।

त्यसअघि यूएईले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको नेपालले ८ विकेटको क्षतिमा १ सय ६२ रन बनायो। ओपनर कुशल भुर्तेलले सर्वाधिक ५० रन बनाए। आसिफ शेख ७, कुशल मल्ल १, रोहित पौडेल १८, दिपेन्द्र सिंह ऐरी २०, सन्दीप जोरा ५, गुल्सन झा ५, सोमपाल कामीले १३ रन बनाए। 

यूएईका आयन खानले ३ तथा अली नासिर र जहुर खानले समान दुई विकेट लिए। जुनेद सिद्धीकीको नाममा एक विकेट रह्यो। नेपाल अपराजित रहदै सिरिजको फाइनल प्रवेश गरेको हो। लिग चरणका दुवै खेलमा यूएईलाई हराएपनि फाइनलमा भने नेपाल पराजित हुन पुग्यो।

टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरूप नेपालले हङकङ र यूएईलाई समावेश गरेर सिरिजको आयोजना गरेको हो। टस जितेको युएईले फिल्डिङ रोजेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो। नेपालले पछिल्लो खेलमा यूएईलाई ५ विकेटले हराएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.