आइसिसी टी- २०

विश्वकप एसिया क्षेत्र छनोट फाइनलका लागि नेपाली टोलीको घोषणा, सन्दीपले पनि खेल्ने

विश्वकप एसिया क्षेत्र छनोट फाइनलका लागि नेपाली टोलीको घोषणा, सन्दीपले पनि खेल्ने
फाइल तस्बिर।

आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० गतेसम्म हुँदैछ।

काठमाडौं :  स्पिनर सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा फर्किएका छन्। सोमबारदेखि किर्तिपुर र मुलपानी मैदानमा हुने आइसिसी टी - २० विश्वकप एसिया क्षेत्र छनोट फाइनलका लागि  नेपाल क्रिकेट संघले शनिबार बिहान लामिछानेसहितको अन्तिम नाम सार्वजनिक गरेको हो। 

लामिछानेले दुई साताअघि सामाजिक सञ्जालमार्फत परिवारलाई समय दिन चाहेको भन्दै आगामी प्रतियोगिताबाट नाम फिर्ता लिएको बताएका थिए। त्यसपश्चात लामिछाने हङकङ र युएईसँग त्रिकोणात्मक टी - २० आई सिरिजको टोलीमा सहभागी थिएनन्। नेपालले त्रिकोणात्मक सिरिजमा लिगमा युएई र हङकङ दुबैलाई लिगमा हराएपनि फाइनलमा भने युएईसँग चार विकेटले नेपाल पराजित भएको थियो।

आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० गतेसम्म हुँदैछ। क्यानका अनुसार नेपाली टीममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि.सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी रहेका छन्। 

टी-२० आई त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका सूर्य तामाङ, श्याम (मौसम ) ढकाल, लोकेश बम र सागर ढकाल टिममा अटाएनन्।

समूह 'ए'मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन्। समूह 'बी'मा युएई, बहराइन, हङकङ र कुवेत छन्। नेपालले पहिलो खेल सिंगापुरसँग सोमबार खेल्नेछ।

फाइनलमा पुग्ने दुई टोलीले आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि -२० विश्वकप खेल्न पाउनेछन्।

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.