बैतडीमा सवारी दुर्घटना, एक जना गम्भीर घाइते

बैतडीमा सवारी दुर्घटना, एक जना गम्भीर घाइते
सुन्नुहोस्

बैतडी : बैतडीमा जिप र मोटरसाइकल एकआपसमा ठेक्किएर भएको दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। पाटन–पञ्चेश्वर सडकखण्ड अन्तरगत पर्ने पाटन नगरपालिका–५ को स्याडीखोलामा पाटनदेखि मेलौलीतर्फ गइरहेको सु.प.प्र.०२ ००१ च ८४१ नम्बरको जिप र मेलौलीबाट पाटनतर्फ आइरहेको म २ प ६९१६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक मेलौली नगरपालिका–६का २१ वर्षीय नरेन्द्र भट्ट घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख एवम् प्रहरी सहायक निरीक्षक तेज बहादुर रावलले जानकारी दिए। भट्टको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि डडेल्धुरा रेफर गरिएको छ। 

भट्टको दाहिने खुट्टासहित शरिरका विभिन्न भागमा चोट लागेको छ। मोटरसाइकलमा पनि क्षति पुगेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.