कोरला नाकामा दुई हजार बढी पर्यटक पुगे

कोरला नाकामा दुई हजार बढी पर्यटक पुगे

जोमसोम : मुस्ताङस्थित कोरला नाकामा दुई हजार बढी नेपाली पर्यटक पुगेका छन्। नाकाको अवलोकन गर्नका लागि २ हजार ३७४ जना आन्तरिक पर्यटक पुगेका हुन्। 

छोसेरस्थित सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चेकपोष्टका अनुसार बिहिबारदेखि शनिबारसम्ममा कुल  ६१८ वटा सवारी साधन भित्रिएको छ। 

२०७० सालअघि उपल्लो मुस्ताङमा खासै पर्यटक जाने थिएनन्। सरकारले २०७४ सालदेखि कोरला जोड्ने राष्ट्रिय राजमार्ग विस्तार गर्दैछ। 

राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडक मार्ग सहज बन्दै जान थालेपछि आन्तरिक पर्यटक सजिलै बोर्डर पुग्न सक्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.