नेपालको शान्ति प्रक्रिया टुंग्याउन प्रधानमन्त्रीले मागे राष्ट्र संघको सहयोग


काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपालको शान्ति प्रक्रिया टुंग्याउन संयुक्त राष्ट्रसंघको सहयोग मागेका छन्। राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँगको छलफलमा प्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रसंघको भूमिका महत्वपू्र्ण हुने बताए। 

महासचिवसँगको भेटमा नेपालको शान्ति प्रक्रिया टुंगिने चरणमा रहेको र त्यसका लागि राष्ट्रसंघको सहयोग आवश्यक पर्ने बताएका हुन्। प्रधानमन्त्री दाहालले नेपालको राजनीतिक उचारचढाव र शान्ति प्रक्रियाको बारेमा महासचिव गुटेरेस जानकारी रहेको बताए। 

प्रधानमन्त्री दाहाल र महासचिव गुटेरेसबीच प्रधानमन्त्री कार्यालयमा भेट भएको थियो।  महासचिवसँगको भेटपछि प्रधानमन्त्री दाहालले भने,'नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन राष्ट्रसंघको भूमिका महत्वपूर्ण हुनेछ। ' शान्ति प्रक्रिया टुंगो लगाउन संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा दर्ता भएको छ। दलहरूबीच भएको बेमेलका कारण उक्त विधेयक अगाडि बढ्न सकेको छैन।

प्रधानमन्त्री दाहालले शान्ति प्रक्रिया टुंग्याउन नेपालका राजनीतिक दलहरूसँगको  छलफल तीव्र बनाएका छन्।  

प्रधानमन्त्री दाहालले महासचिव गुटेरेससँगको भेटमा पछिल्लो राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति,जलवायु परिवर्तन र त्यसले पारेको असरलगायतका विषयमा छलफल भएको बताए। प्रधानमन्त्री दाहालको निमन्त्रणमा महासचिव गुटेरेस चार दिने भ्रमणका लागि शनिबार राति काठमाडौंका  आएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.