आइसिसी टी-२० विश्वकप एसिया फाइनल छनोट

सिंगापुरलाई हराउँदै शानदार सुरुवात गर्ने दाउमा नेपाल

सिंगापुरलाई हराउँदै शानदार सुरुवात गर्ने दाउमा नेपाल
तस्बिर : क्यान

काठमाडौं : नेपालले आइसिसी टी-२० विश्वकप एसिया फाइनल छनोटमा आज सिंगापुरसँग खेल्दैछ। टियु क्रिकेट मैदानमा बिहान ९ बजे सुरु खेल नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। 

उपाधिको प्रमुख दाबेदार नेपालले सिंगापुरलाई हराउँदै फाइनल छनोटको शानदार सुरुवात गर्ने लक्ष्य लिएको छ। आजको खेलमा नेपालको कप्तानी रोहित पौडेल र सिंगापुरको अरित्र दत्तले गर्नेछन्। 

खेलअघि आइतबार टियु मैदान किर्तिपुरमा आयोजित प्रि–म्याच कन्फ्रेन्समा प्रशिक्षक मोन्टी देसाईले नेपालले केहि समयदेखि लगातार खेल खेलिरहेको र कमीकमजोरीहरु सुधार गर्दै अघि बढेको बताए। उनले प्रत्येक खेलमा छुट्टाछुट्टै रणनीतिका साथ अघि बढ्ने जानकारी दिएका थिए।

null

त्यस्तै कप्तान रोहित पौडेलले यसअघिको खेलमा देखिएका कमी कमजोरीलाई अबको खेलमा दोहरिन नदिने बताए। उनले सन्दीप लामिछाने समावेश भएसँगै टिम व्यालेन्स र बलियो भएको जिकिर गरेका थिए।

दुई साताअघि सामाजिक सञ्जालमार्फत परिवारलाई समय दिन चाहेको भन्दै आगामी प्रतियोगिताबाट नाम फिर्ता लिएको बताएका स्पिनर सन्दीप लामिछाने यस खेलमा राष्ट्रिय क्रिकेट टोलीमा फर्किएका छन्। यस अगाडि नाम फिर्ता लिएको बताएपश्चात लामिछाने हङकङ र युएईसँग त्रिकोणात्मक टी - २० आई सिरिजको टोलीमा सहभागी थिएनन्। नेपालले त्रिकोणात्मक सिरिजमा लिगमा युएई र हङकङ दुबैलाई लिगमा हराएपनि फाइनलमा भने युएईसँग चार विकेटले नेपाल पराजित भएको थियो।

आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० गतेसम्म हुन लागेको। क्यानका अनुसार नेपाली टीममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि.सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी रहेका छन्। दीपेन्द्रसिंह ऐरी घाइते भएपछि यादवले स्थान पाएका हुन्।

नेपाल रहेको समूह 'ए' मा सिंगापुर, ओमान र मलेसिया छन्। समूह 'बी' मा युएई, बहराइन, हङकङ र कुवेत छन्। दोस्रो खेलमा नेपालले कात्तिक १४ गते मलेसिया र तेस्रो खेल कात्तिक १६ गते ओमानसँग खेल्नेछ। यस छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-ट्वान्टी विश्वकप खेल्न पाउने छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.