आईसिसी टी–२० विश्वकप छनोट : बहराइनलाई ५ विकेटले पराजित गर्दै युएई विजयी

आईसिसी टी–२० विश्वकप छनोट : बहराइनलाई ५ विकेटले पराजित गर्दै युएई विजयी
सुन्नुहोस्

काठमाडौं : आईसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह बी को पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले बहराइनलाई पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा युएईले बहराइनलाई पाँच विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको हो । 

बराइनले दिएको १३६ रनको लक्ष्य युएईले १८ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै भेटाएको हो। । यस जितसँगै युएईले प्रतियोगितामा दुई अङ्क जोडेको छ ।
 

युएईका लागि अलि नासिरले सर्वाधिक ४८ रन बनाए । उनले २६ बलमा चार चौका र तीन छक्काको मद्दतमा अविजित ४८ रन बनाएका हुन् । त्यस्तै, आशिफ खानले २३ रनको योगदान दिए । कप्तान मोहम्मद वसिमले ११ रन जोडे । बसिल अहम्मदले ११ रन बनाए । बहराइनका लागि रिजवान बुट्टले दुई विकेट लिए भने साथिया विरापाथिरन, अब्दुल मजिद र सचिन कुमारले समान एक/एक विकेट झारे । 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रनको योगफल बनाएको थियो । बहराइनका लागि हैदर बुट्टले सर्वाधिक ५९ रन बनाए । उनले ४३ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५९ रन बनाएका हुन् । त्यस्तै जुनेद अजिजले २५ रन जोडे भने सोहिल अहम्मदले २८ रन बनाए । 

युएईका लागि जुनेद सिद्धिगी र आयान अफजल खानले समान दुई,दुई विकेट लिए भने अलि नासिर र कार्तिक मैइएप्पनले समान एकरएक विकेट झारे । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.