ग्वार्को फ्लाइओभर निर्माणको कार्यप्रति संसदीय समितिको असन्तुष्टि

ग्वार्को फ्लाइओभर निर्माणको कार्यप्रति संसदीय समितिको असन्तुष्टि

काठमाडौं : ललितपुरको ग्वार्को फ्लाइओभर निर्माणको कार्यप्रति संसदीय समितिले असन्तुष्टि जनाएको छ। ठेक्का सम्झौता भएको लामो समय हुँदा पनि निर्माण कार्यले गति लिन नसकेको भन्दै प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले असन्तुष्टि व्यक्त गरेको हो। 

सोमबार ग्वार्को फ्लाइओभर निर्माणको स्थलगत अवलोकन गर्दै समितिले कामको गति ढिला भएको समेत जनाएको छ। समिति सभापति दीपक बहादुर सिंहले फ्लाइओभर निर्माण कार्य हेर्दा समयमा नै सम्पन्न हुने नदेखिएको बताए। उनले समयमा नै आयोजना सम्पन्न गर्न सिफ्ट बढाएर काम गर्नुपर्ने जिकिर गरे। 

सभापति सिंहले कोटेश्वर-सातदोबाटो-कलंकी सडक खण्ड भई ओहोरदोहोर गर्ने यात्रुले दैनिक सास्ती बेहार्नुपरेको र घण्टौं ट्राफिक जाम हुँदा समयमै गन्तव्यमा पुग्न समस्या देखिएकाले सरकार र सम्बन्धी ठेकेदारसँग छलफल गरेर आवश्यक निर्देशन दिने बताए।

ललितपुरको बालकुमारीतर्फ ३२० मिटर र सातदोवाटोतर्फ १८५ मिटरको र्‍याम्पसहित ग्वार्को फ्लाइओभर निर्माण भइरहेको छ। त्यस्तै समितिले सोमबार नै कलंकी बसुन्धरा सडक विस्तार आयोजनाको पनि स्थलगत निरीक्षण गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.