पर्यटन प्रवर्नद्धन गर्न वक्तृत्वकला
![पर्यटन प्रवर्नद्धन गर्न वक्तृत्वकला](https://annapurnapost.prixacdn.net/media/albums/Tourism-Promotion_tZHTbcFu5Z_QW1aPeqHXt.jpg)
स्याङ्जा : बालबालिकालाई पर्यटनको आवश्यकता र महत्त्वको जानकारी गराउने उद्देश्यले पुतलीबजार नगरपालिका– १ स्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता गरिएको छ। नेपाल टुरिजम बोर्ड, यूएनडीपी र एसटीएलआरपीको सहकार्यमा गण्डकी प्रदेशको पर्यटन र सम्भावना विषयक वक्तृत्वकला प्रतियोगिता गरिएको हो।
प्रतियोगितामा प्रवेश गोदार प्रथम, आकृति बुढामगर द्वितीय र सोएफ अली तृतीय भएका छन्। उनीहरूलाई पुरस्कृत गरिएको छ। स्याङ्जाको पर्यटन क्षेत्रप्रति युवा विद्यार्थीलाई उत्प्रेरित र प्रवद्र्धन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको टुरिजम रिसर्चका अध्यक्ष मदन बरालले जानकारी दिए। कार्यक्रममा निर्देशक सरोज प्याकुरेलले पर्यटनको हालको अवस्थाबारे जानकारी गराएका थिए।
प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मीको संरक्षकत्वमा शिक्षक अर्जुन पौडेल संयोजक र सुधिरा शाह क्याप्टेन रहनेगरी ११ सदस्यीय पर्यटन क्लबसमेत गठन गरिएको छ। कार्यक्रममा विद्यालय सुपरिवेक्षक ओमप्रकाश शर्मा, सहायक प्रधानाध्यापक प्रेम पौडेल, जीवन अधिकारी र शान्ति रेग्मीलगायतले नेपालमा पर्यटनमार्फत समृद्धि र उन्नति गर्न सकिने जनाउँदै विद्यालय तहदेखि नै विद्यार्थीलाई पर्यटनका बारेमा जानकारी गराउन अतिरिक्त क्रियाकलापमा गर्नुपर्नेमा जोड दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)