कर्णालीका सभामुख सवार स्कर्पियो र मोटरसाइकल ठोकिँदा एक जना घाइते

कर्णालीका सभामुख सवार स्कर्पियो र मोटरसाइकल ठोकिँदा एक जना घाइते
सुन्नुहोस्

बागलुङ : कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ र उपसभामुख यसोदा न्यौपाने सवार स्कर्पियो र मोटरसाइकल ठोकिँदा एक जना घाइते भएका छन्। 

शनिबार विहान बागलुङको भिमगिठेबाट बुर्तिबाङतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२ ००१ झ ००९३ नम्बरको स्कर्पियो विपरीत दिशाबाट आउँदै गरेको ग११प ८१५७ नम्बरको मोटरसाइकल ढोरपाटन नगरपालिका-२ मल्कटिबाङस्थित मध्यपहाडी लोकमार्ग सडक खण्डमा एक आपसमा ठोकिएको प्रहरीले जनाएको छ। 

ठक्करबाट मोटरसाइकल चालक निसीखोला गाउँपालिका-२ तल्लो ब्याङ्ग्री बस्ने १८ वर्षीय विमल खत्री घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी जवान प्रकाश पौडेलले बताए। प्रहरी जवान पौडेलले घाईते खत्रीको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ लगिएको जानकारी दिए।

दुर्घटनामा स्कर्पियो र मोटरसाइकल दुवैमा क्षति पुगेपनि स्कर्पियोमा सवार सभामुख र उपसभामुखसहित मोटरसाइकलमा सवार अन्य एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.