जाजरकोट भूकम्प पीडितको राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन (भिडियो)
काठमाडौं -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्प पीडितको राहत र पुनःस्थापनालाई प्रभावकारी रुपमा सञ्चालन गर्न निर्देशन दिएका छन्।
सिंहदरबारमा आइतबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विगतको अनुभवको राम्रो समीक्षा गर्दै भूकम्प पीडितको राहत र पुनःस्थापनालाई प्रभावकारी रुपमा सञ्चालन गर्न निर्देशन दिएका हुन् ।