टि- २० विश्वकप एसिया छनोटको उपाधि ओमानलाई

रोमाञ्चक खेलमा ओमानको जित, सुपर ओभरमा नेपाल पराजित

रोमाञ्चक खेलमा ओमानको जित, सुपर ओभरमा नेपाल पराजित
तस्बिर : क्यान

काठमाडौं : आईसीसी टि - २० विश्वकप एसिया फाइनल छनोटको फाइनलमा ओमानसँग नेपाल पराजित भएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा ओमानले सुपर ओभरमा जित निकालेको हो।

ओमानले सुपर ओभरमा २२ रनको लक्ष्य दिएकोमा नेपालले १० रन मात्र बनाउन सफल भयो। रोमाञ्चक खेलमा निर्धारित खेलमा दुवै टीमले समान १८४ रन बनाएका थिए। योसँगै ओमानले उपाधि जितेको छ।

ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८४ रन बनाएको थियो।

ओमानका लागि कश्यप प्रजापतिले सर्वाधिक ६३ रन, अकिब इलियासले ३३ रन, जिशान मकसूदले २६ रन र मोहमल नादिमले २४  जोड्न सफल भए । नेपालका लागि करण केसीले र सन्दीप लामिछानेले २/२ विकेट, अविनाश बोहरा, विवेक यादव, गुल्सन झा र सोमपाल कामीले १/१ विकेट लिएका थिए।

६ विकेटको क्षतिमा नेपालले ओमानविरुद्ध १८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस जितेर नेपालका कप्तान रोहित पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए ।

नेपाल र ओमान दुवै आईसीसी टि- २० विश्वकपमा छनोट भइसकेका छन्। शुक्रबार घरेलु मैदानमा भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई आठ विकेटले पराजित गर्दै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टीट्वेन्टी विश्वकपमा छनोट भएको हो। शुक्रबारै भएको सेमिफाइनलमा बहराइनलाई १० विकेटले पराजित गर्दै ओमानले घरेलु टोली नेपालसँगको भिडन्त पक्का गरेको थियो।

यस अगाडि पनि समूह ए बाट ओमान विजेता र नेपाल उपविजेता बनेको थियो। ६ विकेटको क्षतिमा नेपालले ओमानविरुद्ध १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेसँगै नेपालका कप्तान रोहित पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए। 

निर्धारित ओ‌भरको खेलमा पौडेल र गुल्सन झाले अर्धशतक बताए। नेपालका लागि पौडेल र करण केसी अविजित रहे। पौडेलले ३७ बलमा ५२ रन बनाएका थिए। पौडेलले २ छक्का र ५ चौका प्रहार गरे। केसीले ६ बलमा २० रन बनाए। उनले २ छक्का र १ चौका प्रहार गरे।

त्यस अगाडि गुल्शन झाले २५ बलमा ५४ रन बनाएका थिए। झाले ४ छक्का र ५ चौका प्रहार गरे। संकटमा रहेको नेपाललाई उनले विष्फोटक ब्याटिङ गरेर आशा दिलाएका थिए। त्यसैगरी कुशल भुर्तेलले २२ बलमा ३१ रन बनाए। उनले २ छक्का र ३ चौका प्रहार गरे। सन्दीप जोरा १३ बलमा १० रन बनाएर आउट भए। अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। 

१८ टोली छनोट

अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने टीट्वेन्टी विश्वकपमा पहिलो पटक २० टोलीले प्रतिस्पर्धा गर्दै छन्। सन् २०२४ को जुन ४ देखि ३० सम्म आयोजना हुने विश्वकपमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पहिलो पटक २० टोली पुर्‍याएको हो। 

आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटबाट नेपाल र ओमान छनोट भएपछि विश्वकप खेल्ने १८ टोलीको टुंगो लागिसकेको छ। वेस्ट इन्डिज र अमेरिका आयोजकका रूपमा स्वतः छनोट भएका छन्। सन् २०२२ को टीट्वेन्टी विश्वकपमा शीर्ष आठमा रहेका अस्ट्रेलिया, साबिक विजेता इङ्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका सीधै छनोट भएका छन्। 

टीट्वेन्टी विश्वकपपछिको वरीयताका आधारमा बंगलादेश र अफगानिस्तानले पनि अमेरिका र वेस्ट इन्डिजको टिकट सुरक्षित गरिसकेका छन्।

आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत युरोप छनोटबाट आयरल्यान्ड र स्कटल्यान्ड, इस्ट एसिया प्यासिफिक छनोटबाट पपुवान्युगिनी र अमेरिकी छनोटबाट क्यानडाले टीट्वेन्टी विश्वकपमा स्थान पक्का गरिसकेका छन्। आगामी नोभेम्बर २२ देखि ३० सम्म नामिबियामा हुने अफ्रिकी क्षेत्र छनोटबाट दुई टोलीले विश्वकपमा स्थान बनाउने छन्।

झन्डै एक महिनासम्म सञ्चालन हुने टीट्वेन्टी विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ। हरेक समूहमा पाँच टोली रहनेछन्। समूह चरणको खेलपछि हरेक समूहबाट दुई/दुई टोलीले सुपर आठमा स्थान बनाउने छन्। सुपर आठमा पुगेका टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। सुपर आठको खेलपछि चार टोली सेमिफाइनलमा पुग्नेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.