डडेलधुराको अजमेरूले भूकम्प पीडितका लागि दुई लाख दिने
डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकाले भूकम्पपीडितलाई दुई लाख दिने भएको छ।
गाउँपालिकाले विज्ञप्ति जारी गरेर जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि एक/एक लाख रुपैयाँ दिने जानकारी दिएको हो।
दुवै जिल्लाको राहत कोषमा उक्त रकम जम्मा गर्ने अध्यक्ष उमेशप्रसाद भट्टले बताए।