डडेलधुरा सदरमुकाममा अमरगढीले चलायो डोजर

डडेलधुरा सदरमुकाममा अमरगढीले चलायो डोजर
सुन्नुहोस्

डडेलधुरा : डडेलधुरा सदरमुकाम सडक किनारका घर टहरा हटाउन अमरगढी नगरपालिकाले डोजर लगाउन सुरु गरेको छ। 

नगरपालिकाको वडा नम्बर ५ अन्तर्गत महाकाली राजमार्गको बागबजार बसपार्कदेखि रानीधारासम्म तीन सय मिटर सडक क्षेत्रमा पर्ने घर टहरा हटाउन सुरु गरिएको हो।

सडक विस्तारका क्रममा घरको क्षतिपूर्ति र मुआब्जा भुक्तानी लिइसकेका घर तथा जग्गाधनीले नगरपालिकाको आग्रह अटेर गरेपछि सोमबारदेखि डोजर चलाइएको हो। जिल्ला प्रशासन नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरी अनधिकृत रूपमा प्रयोग भएको संरचना हटाउन लागिएको हो।

गत सोमबार नगरपालिकाले अन्तिम पटकका लागि सात दिनको म्याद दिएर उक्त क्षेत्रको सडक खण्डमा पर्ने घर तथा टहराहरू यथाशीघ्र हटाउन सूचना जारी गरेको थियो। 

ऐलानी, प्रति जग्गामा बनेका घर खोका, टहरा लगायतका संरचनाहरू नहटाएको पाइएपछि नगरपालिकाले डोजर परिचालन गरी आफैं हटाउन लागेको अमरगढी नगरपालिका-५का वडाध्यक्ष टंक क्षेत्रीले बताए।

अन्य क्षेत्रमा रहेको अनधिकृत रूपमा प्रयोग भएका संरचना कानुनअनुसार हटाउन पहल गरिने अमरगढी नगरपालिकाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.