२२ जना खेलाडीलाई मासिक प्रोत्साहन भत्ता
महोत्तरी : महोत्तरीको वर्दिवास नगरपालिकाले २२ जना खेलाडीहरुलाई मासिक रुपमा प्रोत्साहन भता उपलब्ध गराउने भएको छ। बर्दिवास नगरपालिकाले पहिलो चरणमा फुटवल खेलमा वडा वडाबाट पालिकामा छनोट भएका ती खेलाडीहरुलाई प्रोत्साहन स्वरुप मासिक भत्ता उपलब्ध गराउने भएको हो।
बर्दिवास खेलकुद समितिको अनुसार १४ वटै वडाबाट पारम्भिक चरणमा ३३ जना खेलाडी छनोट भएका छन्। ३३ जनाबाट पनि उत्कृष्ट २२ जनालाई मात्र छनोट गरी मासिक भत्ता उपलब्ध गराउने तयारी भएको नगर खेलकुद समितिका अध्यक्ष दिपेन्द्र शिवभक्तिले जानकारी दिए।
त्यस्तै नगरपालिकाले खेलाडीहरुको मनोबल बढाउन शैक्षिक खर्च पनि बेहोर्ने भएको शिवभक्तिले बताएका छन्। नगरपालिकाले आगामी आर्थिक वर्षबाट अन्य विधाका खेलका खेलाडीलाई छनौट गरी भत्ता उपलब्ध गराउने मेयर प्रल्हादकुमार क्षेत्रीले जानकारी दिए। हरेक क्षेत्रलाई हामी नया ढंगले विकास गर्न चाहेको खेलाडीको हकमा सो निर्णय गरिएको मेयर क्षेत्रीले बताएका छन्।
प्रतिक्रिया दिनुहोस !