वैद्य इनर्जीले नेपालमा ल्यायो एथर इलेक्ट्रिक स्कुटर

वैद्य इनर्जीले नेपालमा ल्यायो एथर इलेक्ट्रिक स्कुटर
सुन्नुहोस्

काठमाडौं : भारतमा उत्पादन भएको विश्वस्तरीय विद्युतीय स्कुटर एथरको आयातकर्ता कम्पनी वैद्य इनर्जीले आफ्नो पहिलो शोरुम सञ्चालनमा ल्याएको छ। काठमाडौंको गैह्रीधारामा पहिलो अन्तर्राष्ट्रिय स्तरको शोरु सञ्चालनमा ल्याएको हो।

कम्पनीको पहिलो शोरुममा प्रिमियम स्कुटर ४५० एक्सको दुई भेरियन्ट सार्वजनिक गरिएको छ। कार्यक्रममा एथर इन्डियाका रभनित पोखेला र वैद्य इनर्जीका सीईओ सूयान्स वैद्यको उपस्थिति थियो। शोरुमा उद्घाटन कार्यक्रममा बोल्दै वैद्य इनर्जीका सीईओ वैद्यले भने, ‘हामी सधैँ नविन खोज, उत्कृष्ट डिजाइन र त्योभन्दा पनि बढी सुरक्षा र टेक्नलोजीमा विश्वास गर्छौं। त्यसमा एथरका उत्पादन फिट हुने हाम्रो विश्वास छ।’ 

null

त्यस्तै एथर इन्डियका रभनित पोखेलाले एथरको पहिलो अन्तर्राष्टिय बजारका रूपमा नेपाल आउन पाउँदा आफूहरू उत्साहित भएको र नेपालमा एथरका स्कुटरले नेपाली सडकमा उत्कृष्ट प्रदर्शन गर्ने बताए।

एथर ४५० एक्स

कम्पनीले आफ्नो सर्वाधिक बिक्री हुने फ्ल्यागशिप मोडल ‘४५० एक्स’ को दुई भेरियन्ट सार्वजनिक गरेको छ। बैद्य इनर्जिले एथर ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा उपलब्ध छ। जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको ब्याट्री रहेको छ। ग्राहकले आफ्नो आवश्यकता अनुसारको भर्सन छनोट गर्न सक्नेछन्।

एथर ‘४५० एक्स’ लाई सिंगल चार्जमा १०० किलोमिटरदेखि १४६ किलोमिटरसम्म गुडाउन सकिने छ। यसको टप स्पिड ९० किलोमिटर प्रतिघन्टा रहेको छ।

एथर ‘४५० एक्स’ अविश्वसनीय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रिक स्कुटर हो। यसमा ७ इन्चको टीएफटी स्मार्ट टच डिस्प्ले उपलब्ध छ। जसमा गुगल म्याप, नेभिगेशन फिचर, टायर प्रेशर मोनिटर जस्ता फिचर उपलब्ध छन्।

यसमा सेग्मेन्ट फ्रष्ट फिचरका रूपमा हिल होल्ड, बाइब्री क्यालिपर, टच डिस्प्ले, ५ राइड मोड, बेल्ट ड्राइभ, फलसेफ जस्ता फिचर उपलब्ध छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.