दराजको ११:११ सेल कात्तिक २५ देखि

दराजको ११:११ सेल कात्तिक २५ देखि
सुन्नुहोस्

काठमाडौं : इ-कमर्स दराजले ११:११ सेल घोषणा गरेको छ। योजना कात्तिक २५ गतेदेखि मंसिर ६ गतेसम्म सेल चल्नेछ। सेलमा ग्राहकहरूले रासन, घरेलु उपकरण, इलेक्ट्रोनिक्स, फेसन, र मनोरञ्जन जस्ता विभिन्न विधाका लाखौं प्रोडक्टमा ७ करोडसम्मको छुट पाउनेछन्। 

यो सेलमा ग्राहकहरूले नि:शुल्क डेलिभरी, १० हजारसम्मको मेगा भाउचर, मेगा डिलस्मा ८० प्रतिशतसम्मको छुट,  साथै मेगा गिभअवे अन्तर्गत ९९९ भन्दा माथिको  खरिदमा अग्रिम भुक्तानी गर्ने ११ भाग्यशाली विजेताहरूले सिजि ब्राण्डको वाशिङ्ग मेशिन जित्ने मौका पनि समावेश छ। 

साथै बैंकको डेबिट कार्ड प्रयोग गरेर अग्रिम भुक्तानी गर्ने ग्राहकहरूले  १५ प्रतिशत अधिकतम २ हजार रुपैयाँसम्म छुट पाउने छन् भने क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २० प्रतिशत अधिकतम २ हजार ५०० को छुट प्राप्त गर्नेछन्। 

दराजका प्रबन्ध निर्देशक आँचल कुँवर भन्छिन्, '११:११ सेल मात्र नभएर उत्साह र उमंग हो। हाम्रो वर्षौको कडा मिहिनेत र परिश्रमबाट ११:११ सेललाई विशेष बनाउन सफल भएका छौं। यो हाम्रा ग्राहक, बिक्रेता, बैंक तथा साझेदारहरूलाई धन्यवाद भन्ने विशेष तरिका पनि हो। आशा छ, सम्पूर्ण ग्राहक, बिक्रेता तथा साझेदार कम्पनीहरू यो वर्षको ११:११ बाट धेरै भन्दा धेरै लाभान्वित हुनेछन्।' 

यो सेलमा विभिन्न ब्राण्ड तथा कम्पनीहरूले साथ दिएका छन्। यो वर्षको सेलमा ८ वटा ब्राण्डहरू दराजसँग डाइमण्ड पर्टनरको रुपमा आवद्ध भएका छन् ती हुन् अल्टिमा लाइफस्टाईल, मसल बलेज, हाडा लाबो, भ्यासलिन् , सेटाफिल, गोल्डस्टार, वाउ स्किन साइन्स, र जुभारा। यसका साथै हाई फ्युचर, फिलिप्स, फ्यान्सिरा, एडिडास, मामाअर्थ, पल्म, र फ्यान्टेकहरू दराजसँग गोल्ड पार्टनर्सको रुपमा आवद्ध छन्।  

नेपालका प्रख्यात बैंकहरूले पनि दराजको ११:११ सेलमा साझेदारी गरेका छन्। नबिल बैंक, सानिमा बैंक, हिमालयन बैंक, ग्लोबल आइएमई बैंक, एन आई सी एशिया बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, नेपाल एसबिआई बैंक, नेपाल बैंक, कृषि विकास बैंक,ज्योति विकास बैंक, र  सांग्रिला डेभलपमेन्ट बैंकहरू यो वर्षको ११:११ सेलसँग आवद्ध भएका छन्। 

यो वाहेक दराजले डिजिटल वालेट आइएमई पेसँग पनि सहकार्य गरेको छ। कार्तिक २५ गते राति १२ बजेदेखि १२:३० बजे सम्म आईएमई–पे द्वारा अग्रिम भुक्तानी गर्ने ग्राहकले १५ प्रतिशत अधिक्तम ५ सय र बिहान ८ बजेबाट ८:३० सम्म १५ प्रतिशत अधिक्तम २५० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्। 

उत्साहले भरिएको यो सेलमा उमंग थप्न सुप्रसिद्ध गायिका सुवानी मोक्तानले कार्तिक २४ गते राति १० बजे दराज लाईभ मार्फत कार्यक्रम सञ्चालन गर्नेछिन्। यो कार्यक्रम दराजको एपबाट प्रत्यक्ष प्रशारण गरिने छ। यो कार्यक्रममा मोक्तानको सांगीतिक प्रदर्शनका साथै विभिन्न खेल र प्रश्नेत्तरहरू समावेश छन् जहाँ दर्शकहरूले आफ्नो सहभागिता जनाएर प्रत्येक ११ मिनेटमा आकर्षक उपहारहरू जित्न सक्नेछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.