क्रिकेट खेलाडीलाई १३ लाख, टोलीलाई ५० लाख पुरस्कार

क्रिकेट खेलाडीलाई १३ लाख, टोलीलाई ५० लाख पुरस्कार
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अमेरिका र वेस्ट इन्डिजले २०२४ मा संयुक्त आयोजना गर्ने विश्वकप टीट्वेन्टी क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीको नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको छ।

राखेप कार्यकारी समितिका संयोजकसमेत रहेका सदस्यसचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकले नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो। १५ खेलाडी तथा मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि दुई करोड चार लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरिएको हो।

प्रति खेलाडी १३ लाख, मुख्य प्रशिक्षकका लागि तीन लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोका लागि एक लाख ९५ हजार नगद पुरस्कार सिफारिस गरिएको छ। गत आइतबार सम्पन्न आईसीसी पुरुष टीट्वेन्टी विश्वकपको एसिया क्षेत्र छनोटको फाइनलमा पुग्दै नेपालले विश्वकपमा स्थान पक्का गरेको थियो।

यसैगरी नेपाल क्रिकेट संघ (क्यान) ले पनि टीट्वेन्टी विश्वकपमा छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ५० लाख पुरस्कार दिने निर्णय गरेको छ। क्यानको सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले नेपाली टोलीलाई ५० लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो।

बिहीबार मूलपानी मैदानमा आईसीसी टीट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको थियो।

आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको उपाधि भिडन्तमा भने घरेलु टोली नेपाल पराजित भएको थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको फाइनलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.