मुस्ताङका वन्यजन्तु पीडितलाई नगद राहत हस्तान्तरण

मुस्ताङका वन्यजन्तु पीडितलाई नगद राहत हस्तान्तरण
सुन्नुहोस्

मुस्ताङ : मुस्ताङका वन्यजन्तु पीडित पशुपालक किसानलाई बुधबार राहत हस्तान्तरण गरिएको छ। आर्थिक वर्ष २०७९/०८०मा वन्यजन्तुबाट पशु धनको क्षति व्यवहोर्न बाध्य १९ पशुपालक किसानमध्ये जोमसोम क्षेत्रका ४ घरधुरीलाई नगदसहितको चेक हस्तान्तरण गरिएको हो।

राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमले वन्यजन्तु क्षति राहत निर्देशिका २०६९ को तेस्रो संशोधन २०७५ बमोजिम गत वर्ष क्षति भएको पशुधनको राहत उपलब्ध गराएको हो। एक्याप इलाका संरक्षण कार्यालय जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मी, संम्वन्धित संरक्षण क्षेत्र व्यवस्थापन समिति जोमसोमका अध्यक्ष चन्द्रबहादुर थकाली र घरपझोङ कार्यपालिका सदस्य भीषण थकालीको रोहबरमा वन्यजन्तु पीडित पशुपालकलाई राहत वितरण गरिएको कार्यालय प्रमुख रेग्मीले बताए। राहतका लागि निवदेन दिएकामध्ये घरपझोङका पशुधन पीडित ४ घरधुरीलाई १ लाख ९२ हजार ५ सय रकम आर्थिक राहत उपलब्ध गराइएको कार्यालय प्रमुख रेग्मीको भनाइ छ।

घरपझोङ गाउँपालिकामा बिरे घर्तीले ५ वटा चौरी गाई क्षतिको ९३ हजार, रेखा थकालीले ४ च्यांग्राको क्षति वापत ३० हजार, छिरिङ लाक्पा गुरुङको २ चौरीगाईको क्षतिबापत ९ हजार ५ सय र धुव्र परियारको २ खच्चडको क्षतिबापत ६० हजार राहत पाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.