म्याग्दीबाट मुस्ताङ जाँदै गरेको मोटरसाइकल काभ्रेभीरमा दुर्घटना

म्याग्दीबाट मुस्ताङ जाँदै गरेको मोटरसाइकल काभ्रेभीरमा दुर्घटना
सांकेतिक तस्बिर
सुन्नुहोस्

जोमसोम : म्याग्दीबाट मुस्ताङतर्फ जाँदै गरेको मोटरसाइकल बिहीबार साँझ म्याग्दीको अन्नपूर्ण-२ काभ्रेभीरमा दुर्घटना भएको छ। 

म्याग्दीको काभ्रेगाउँको १५ सय मिटर उत्तरतर्फको भिरालो सडकमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक जर्मन नागरिक अहिले भीरमै अड्किएको सूचना आएको जिल्ला प्रहरी कार्यालय म्याग्दी प्रहरी निरीक्षक कुमार गुरुङले अन्नपूर्णलाई जानकारी दिए। 

सूचना प्राप्त भएसँगै जिल्ला विपद् व्यवस्थापन समिति बाग्लुङ, म्याग्दी र सशस्त्र प्रहरीको करिब २० जनाको टोली उद्धार सामग्रीसहित घटनास्थलतर्फ जाँदै गरेको प्रहरी निरीक्षक गुरुङले उल्लेख गरे।

यता, मुस्ताङबाट पनि नेपाली सेनाको १३ जनाको टोली घटनास्थलमा पुगेको स्थानीय प्रकाश शेरचनले जानकारी दिए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.