प्रकाश दुतराजको ‘रिमै..’करोड क्लबमा

प्रकाश दुतराजको ‘रिमै..’करोड क्लबमा
सुन्नुहोस्

बेनी : म्याग्देली कलाकार प्रकाश दूतराजको गीत ‘रिमै.. ’ करिब चार हप्तामै ‘युट्युब’मा एक करोडभन्दा बढी पटक हेरिने म्युजिक भिडियोको सूचीमा परेको छ। कात्तिक ३ गते सर्जकको आफ्नै प्रकाश दुतराज युट्युब च्यानलबाट सार्वजनिक भएको गित बिहीबार बिहानसम्म एक करोड दश लाख ६६ हजार पटक हेरिएको छ। दशैंको छेको पारेर दूतराजले सार्वजनिक गरेको ‘रिमै...’दुई दिनअघि करोड क्लबमा प्रवेश गरेको हो।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा घुमन्ते जीवन बिताइरहेका लोपोन्मुख राउटे समुदायको जिवन शैली झल्काउने दृष्य समावेश गरिएको प्रेम कहानीमा आधारित गितको म्युजिक भिडियोमा एक लाख ६४ हजारभन्दा जना दर्शकले लाइक र ६ हजारभन्दा बढीले प्रतिक्रिया लेखेका छन्। 

दर्शक स्रोताहरुको लोभलाग्दो माया पाइरहेको गीतलाई सबैले प्रसंसा गरेका छन्। सामाजिक सञ्जालमा अहिलेको सबैभन्दा चर्चित बनेको यो गितमा प्रकाश र मेलिना राईको स्वर छ। यसअघि प्रकाश र मेलिनाको स्वर रहेको ‘जुन माया’ गितले पनि चर्चा पाएको थियो। 

प्रकाशको शब्द र संगित रहेको गितलाई बि.बि. अनुरागीले एरेन्ज गरेका हुन्। दैलेखको गुराँस गाउँपालिकामा पुगेर छायांकन गरिएको गितमा प्रकाश र केपिना गोतामेको अभियन छ। रिमै गितको म्युजिक भिडियोको कोरियोग्राफी तथा निर्देशन मौसम हिमाली र अनिल के मानन्धरले छायांकन गरेका छन्। नविन घर्तिमगरले भिडियो सम्पादन गरेका थिए।    

करिब १४ मिनेटको गीतको म्युजिक भिडियोमा राउटे युवक ज्यामिरे र युवती वाजकलीको प्रेमकथा प्रस्तुत गरिएको छ। प्रकाशले ज्यामिरे र केपिनाले वाजकली पात्रको अभियान गरेका छन्। मिठास शब्द र संगितले भरिएको गितको भिडियोमा मार्मिक र अर्थपुर्ण दृष्य र कथा समेटिएको छ। 

‘देउरालीमा धजा रिमै, मन उतै नजा, भनेकै मान्दैन। मैले माया गरे रैछु माया जालमा परे रैछु।’ज्यामिरेका बुवा अथवा राउटेका मुखीयाको निधन भएको तेस्रो दिन परम्परागत चलनअनुसार बसाई सराई गरेर अन्यत्र जान लागेको कथाबाट शुरु हुने गितको अन्त्य पनि दुखान्तमै पुगेर हुन्छ। 

घना जंगलको बीचमा बसिरहेका बेला एक साँझ बुवा गुमाएका ज्यामिरेलाई पनि बाघले आक्रमण गरेर ज्यान लिएको देखाइन्छ। प्रेमीको निधनले छटपटाएकी वाजकलीले बसाइँ सर्नुअघि ज्यामिरेको शव गाडिएको स्थलमा पुगेर मायाको चिनोस्वरूप पाएको फूल चढाएको दृष्यको पृष्ठभूमिमा ‘दुःख बगाई लैजा भेरी, किन बग्छस् हेरी हेरी’ भन्ने शब्द गुन्जिन्छ।  

मौलिकतासँगै नयाँ शैलि प्रयोग गरेका दुतराजले नेपाली परिवेश, माटो र नेपालीपनलाई गीत–संगीतका माध्यमबाट संरक्षण, सम्बर्द्धन र प्रचार–प्रसार गर्ने प्रयासका रूपमा ‘रिमै’ तयार गरेको बताए। ‘अहिलेका दर्शकहरू हरेक दृश्यमा संगीत र कथा खोजिरहेका हुन्छन,’उनले भने ‘गीतमा शब्द र संगीतसँगै कथा र दृश्यलाई आफ्नोपन दिलाउने प्रयास गरेको छु।’ राउटेको जिवनशैली अध्ययनका क्रममा दैलेख जाने क्रममा यो गितको कथा फुरेको दुतराजले बताए।  

म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनको सामान्य परिवारमा जन्मिएका प्रकाश सानै उमेरदेखि गायनमा रुची राख्ने गर्दथे। उनले वि.सं. २०७६ मा ‘सिमसिम पर्‍यो पानी...’ बोलको गीतमा स्वर भरेर सांगितिक क्षेत्रमा प्रवेश गरेका थिए।  

दुतराजले यसअघि सार्वजनिक गरेका ‘बैनी झ्यालैमा...’, ‘घर कता हो बैनीको...’, ‘जाम भो माइली...’, ‘मन भुल्छ...’, ‘जुन माया...’ शिर्षकका गितले पनि राम्रो चर्चा पाएका थिए। सबै गितमा स्वर दिनुभएका दुतराजले अधिकांशमा अभिनय पनि गरेका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.