धनगढीको मुख्य बजारमा आगलागि, आठ वटा पसलमा क्षति

धनगढीको मुख्य बजारमा आगलागि, आठ वटा पसलमा क्षति

धनगढी : सुदूरपश्चिमको राजधानी धनगढीमा भीषण आगलागि भएको छ। आज बिहान १ बजेतिर धनगढीको मुख्य बजारमा रहेको भण्डारी सुज सेन्टरको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज पसल नजिकै रहेको गोदाममा आगलागी भएको हो। प्रहरीले विद्युतको तार सर्ट भएर आगलागी भएको हुनसक्ने बताएको छ। राती आगलागी भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली आएर आगो निभाएको थियो। आगो निभाउन धनगढी उपमहानगरका दुई वटा, पुर्नबास नगरपालिका र गोदावरी नगरपालिकाका दमकल प्रयोग भएका थिए।null

जुत्ता चप्पलको गोदामबाट सल्किएको आगलागीबाट नजिकै रहेको सारथी अस्पताल पनि प्रभावित बनेको छ। अस्पतालका विरामीहरुलाई राति नै सुरक्षित पारिएको थियो भने अस्पतालका नजिकका उपकरणहरु बाहिर निकालिएका थिए।null

आगलागीबाट गोदामसँगै जोडिएका मधुमाला बेबी सोप, भट्ट सपिङ सेन्टर, न्यु सदीक्षा बेबी सप र भट्ट ट्रेडर्समा पनि क्षति भएको प्रहरीले जनाएको छ। आगलागिबाट भएको क्षतिको विवरण भने अहिले नै यकिन भई नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कुलदीप चन्दले बताए। आगो अहिले भने नियन्त्रणमा आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.