सावित्री कञ्चनजंगा एमपीएलको उपाधि पुरुषतर्फ चिताह चेजर्स र महिलातर्फ फायर फाइटर्सलाई

काठमाडौं : सावित्री कञ्चनजंगा अगरबत्तीसँगको सहकार्यमा सम्पन्न महेश्वरी प्रिमियर लिग (एमपीएल) क्रिकेटको उपाधि पुरुषतर्फ चिताह चेजर्स र महिलातर्फ फायर फाइटर्सले हात पारेका छन्।
काठमाडौंको रातोपुलस्थित भेलोसिटी एसिनामा भएको प्रतियोगिताको पहिलो सिजनको फाइनल खेलमा पुरुषतर्फ चिताह चेजर्सले २३ रनले उपाधि पक्का गरेको हो। गोल्डेन इगल्सविरुद्ध पहिले ब्याटिङ गरेको चिताह चेजर्सले १६ ओभर खेल्दै ६ विकेट गुमाउँदै १५३ रन बनाएको थियो।
१५४ रनको लक्ष्य पछ्याउन आएको गोल्डेन इगल्स १५ ओभरमा सबै विकेट गुमाउँदै जम्मा १३० रन मात्र बनाउन भएको थियो।
यसैगरी एमपीएलको महिलातर्फ उपाधि फायर फाइटर्सले ३८ रनले जितेको छ। फाइनलमा गेम चेन्जरविरुद्ध मैदान उत्रिएको फायर फाइटर्सले पहिला ब्याटिङ गर्दै १० ओभरमा ३ विकेट गुमाउँदै ८२ रन बनाउन सफल भएको थियो। ८३ रनको विजयी लक्ष्य पछ्याएको गेम चेन्जरले १० ओभरमा ५ विकेट गुमाएर ४४ रन मात्र बनाउन सक्यो।
पहिलोपटक एमपीएल क्रिकेट इन्डियन प्रिमियर लिग (आइपीएल)को फर्म्याट्मा खेलाइएको थियो। जहाँ पुरुषतर्फ ५ र महिलातर्फ ४ टोलीहरूले प्रतिस्पर्धा गरेको थिए, पुरुषतर्फ १३ खेल र महिलातर्फ ७ खेलहरू भएका थिए।
प्रतिक्रिया दिनुहोस !
