अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीले थाले पहल

अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीले थाले पहल
सुन्नुहोस्

काठमाडौं : समग्र अर्थतन्त्र चलायमान हुन नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले निकासको बाटो खोज्न पहल थालेका छन्। पछिल्लो समय प्रधानमन्त्री दाहालले अर्थतन्त्रलाई चलायमान बनाउन दिनहुँ छलफलमा जुटेका छन्।

सोमबार उनले अर्थतन्त्रको पछिल्लो अवस्था र अबको सहज बाटो कसरी पहिल्याउने विषयमा सरकारी निकायका प्रतिनिधिसँग बृहत् छलफल गरे। अर्थतन्त्र उकास्नका निम्ति सरकारले लिनुपर्ने नीतिका विषयमा केन्द्रित रहेर उनले छलफल गरेका हुन्। विकासे मन्त्रायलले पुँजीगत खर्च नगर्दा बजारमा माग बढ्न नसकेको गुनासो बारम्बार आउने गरेको छ। यस विषयमा पनि प्रधानमन्त्री दाहालको विशेष चासो राखेका थिए। 

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको पछिल्लो अवस्थाबारे ब्रिफिङ गरेका थिए। 'समग्रमा हाम्रो अर्थतन्त्रले लय पक्रदै गएको छ। विप्रेषण, पर्यटक आगामन र शोधान्तरको स्थितिले हामी अवस्था राम्रो बन्दै गएको छ,' उनले भने। जग्गा कारोबार, बैंकबाट कर्जा प्रवाह बढेको र गत वर्षको तुलनामा पूँजीगत खर्च पनि बढेको र साधारण खर्चमा मितव्ययी भएको अर्थमन्त्रीको विश्लेषण छ।

 
बैठकमा रोजगारीका अवसरलाई कसरी वृद्धि गर्ने विषयमा पनि छलफल भएको थियो। विशेषतः सहकारी र लघु वित्तको नियमन अभावले समस्या आएको विषयलाई गहन रुपमा उठाइएको महतको भनाइ छ। ‘ऋणीले लिएको ऋण तिर्नुपर्छ। तर त्यसलाई कसरी सहज बनाउन सकिन्छ र कति समय थप्न सकिन्छ भन्ने विषयमा राष्ट्र बैंकले के गर्न सक्छ भन्नेबारे चर्चा भएको छ,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.