विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवर सिफारिस

काठमाडौं : विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवरलाई सिफारिस गरिएको छ। मंगलबार बसेको न्यायपरिषद्को बैठकले उच्च अदालत दिपायलयका न्यायाधीश कुँवरलाई विशेष अदालतको अध्यक्षमा सिफारिस गरेको हो।
त्यस्तै सदस्यमा उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश तेजनारायण सिंह राई, धनकुटा इजलासका न्यायाधीश रामबहादुर थापा, उच्च अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठ र उच्च अदालत विराटनगरका न्यायाधीश रितेन्द्र थापालाई सिफारिस गरिएको छ।
प्रतिक्रिया दिनुहोस !
