नाका खुलेसँगै उपल्लो मुस्ताङीलाई रोजगारी

नाका खुलेसँगै उपल्लो मुस्ताङीलाई रोजगारी

जोमसोम : उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-३ ठिंगरका स्थानीय कर्मा सम्टुक गुरुङ यतिखेर जोमसोममा चिनियाँ सामान ढुवानीमा व्यस्त छन्। 

उनले जोमसोम बजारको पुरानो काठेपुल नजिकको सडक छेउमा कोरोला नाकाबाट ल्याएका चिनियाँ सामान फुटपाथ व्यापारीले जस्तै फिजाएका छन्।

उनले (नेचुङ-लिजी)कोरलानाकाको व्यापारिक स्थलबाट जुत्ता चप्पल, ज्याकेट, टाउजर, मोजा, ब्ल्याङेकट, सोफासेटमा राख्ने फर्म, थर्मस लगायतका किराना पसललाई चाहिने सामानहरू जीपमा ढुवानी गरी बिक्री गर्न राखेका हुन्।

यसअघि तीन खेप सामान ल्याएका सकिएपछि उनी फेरि सामान लिन जाने छन्। जोमसोमबाट नाकासम्मको दूरी ११० किलोमिटर छ। अहिले चिनियाँ उत्पादनको माग बढी भएको उनले बताए। 

हिजोआज उपल्लो मुस्ताङका धेरैजसो स्थानीय ठूला तथा साना व्यापारीले चिनियाँ बजार लिजीमा गएर धमाधम सामान बेच्न तल्लो मुस्ताङमा आउने गरेका छन्। नाका खुलेपछि आफूहरूलाई व्यापार गर्न सजिलो भएको लोमान्थाङका स्थानीय व्यापारी पेमा आंगेल गुरुङले बताए। उनले चिनियाँ सामान लिन जाँदा स्थानीय उत्पादन लिएर जाने गरेको उल्लेख गरे 

विगतमा उपल्लो मुस्ताङीहरू हिउँदयामको जाडो छल्न कात्तिकअघि नै बेसी झरिसक्थे। यसवर्ष नाका खुलेकाले उनीहरू बेसी झरेका छैनन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.