एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै

एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे बैठक बस्न लागेको हो।

एमालेले‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। बैठकमा बिहीबार युवा संघको आयोजनामा हुने जनप्रदर्शनको विषयमा पनि छलफल हुनेछ।

एमालेले झुलाघाटबाट मंसिर १४ गतेदेखि सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’सुरु गर्दैछ। 

कात्तिक २२ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले मध्यपहाडि लोकमार्ग यात्राको मिति तय गरेको हो।  लोकमार्ग यात्रा विशेष अभियान मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर आरम्भ गर्ने एमालेले जनाएको छ। यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुनेछ। 

अध्यक्ष ओलीको नेतृत्वमा सञ्चालन गरिने अभियानका क्रममा मध्यपहाडि लोकमार्गका विभिन्न शहरी क्षेत्रमा सभा, भेला, अन्तरक्रिया गर्दै, ऐतिहासिक स्थलहरूको अवलोकन, उद्यमी व्यवसायीहरूसँग भेटघाट, राम्रा काम गर्नेहरूलाई प्रोत्साहन गर्दै, जनताका गुनासा सुन्दै, विकासका चुनौतीहरूका बारेमा जानकारी लिँदै अगाडि बढ्ने भएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.