कांग्रेसको भन्दा देशको अवस्था भयावह र नाजुक भइसक्यो : शेखर कोइराला
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई वर्तमान संकटबाट मुक्त गर्न राष्ट्रिय एकता कायम गरेर अघि बढ्नु पर्ने आवश्यकता रहेको बताएका छन् ।
वीपी स्मृति स्वास्थ्य प्रतिष्ठान, वीपी स्मृति सामुदायिक सहकारी अस्पताल लगायतले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले कांग्रेसको आन्तरिक अवस्थाभन्दा पनि देशको समग्र स्थिति अत्यन्तै नाजुक र भयावह रहेको भन्दै देशलाई वर्तमान संकटबाट मुक्त गर्न राष्ट्रिय एकता कायम गरेर अघि बढ्नु पर्ने आवश्यकता रहेको बताएका हुन् ।
पार्टीभित्रको मेलमिलाप र सबै परम्परागत तथा अन्य शक्तिहरूसँग राष्ट्रिय एकता कायम गरेर अघि बढ्नु पर्ने उनको भनाइ छ । उनले ०३३ सालमा वीपी स्वदेश फर्किएको भन्दा अहिले देशको अवस्था निकै भयावह रहेको उल्लेख गरे । नेता कोइरालाले एकढिक्का भएर अगाडि बढ्न नसके कांग्रेसको भविष्य समेत अप्ठेरोमा पर्न सक्ने बताए । तर अहिले कांग्रेसभन्दा पनि देशको चिन्ता धेरै ठूलो भएर गएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !