पूर्वराजा ज्ञानेन्द्रले गरे‍ पृथ्वीनारायणको सालिक अनावरण, राप्रपाले गर्‍यो शक्ति प्रदर्शन

पूर्वराजा ज्ञानेन्द्रले गरे‍ पृथ्वीनारायणको सालिक अनावरण, राप्रपाले गर्‍यो शक्ति प्रदर्शन
सुन्नुहोस्

झापा : पूर्वराजा ज्ञानेन्द्र शाहले झापा पुगेर पृथ्वीनारायण शाहको पूर्णकद्को सालिक अनावरण गरेका छन्।    

विर्तामोड नगरपालिका-१ स्थित इकम कलेजको उद्घाटन तथा कलेज परिसरमा निर्मित पृथ्वीनारायण शाहको सालिक पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार दिउँसो अनावरण गरेका हुन्। सो कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संयोजनमा भएको थियो। 

कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन पनि सहभागी बने। कलेजको निम्तोमा शुक्रबार अपराह्न झापा आएका पूर्व राजा शाह धुलाबारीस्थित मेची क्राउन होटेलमा बसेका थिए। 

शनिबार दिउँसो १ बजे होटेलबाट निस्किएर उनी सोझैँ कलेज पुगेका थिए। उनको स्वागतमा राप्रपाका नेता तथा कार्यकर्ता र राजावादी समर्थकहरू सहभागी भएका थिए। 

null

र्‍यालीसहित होटेलबाट निस्किए लगतै पूर्वराजा शाहको समर्थनमा ‘राजा आउँ देश बचाउ’, ‘गणतन्त्र चाहिँदैन’ गणतन्त्र मुर्दावाद, ‘हाम्रा राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ लगायतका नारा घन्किएको थियो। धुलाबारीबाट विर्तामोडसम्म बृहत् मोटरसाइकल र्‍यालीसहित ल्याएका पूर्वराजा शाहको पक्षमा राप्रपाले शक्ति प्रदर्शन गरेका थिए।  

सर्वसाधारणसँग भेटभाट कलेज परिसर पुग्नुअघि पूर्व राजा शाह करिब एक किलोमिटर सडकमा हिँडेर सर्वसाधारणसँग भेटघाट गर्दै गएका थिए। सो बखत सयौँ समर्थकले पूर्वराजा ज्ञानेन्द्रलाई पुष्प गुच्छा प्रदान गरेका थिए। 

राप्रपा अध्यक्ष लिङ्देनसहित प्रदेश र जिल्ला अध्यक्ष सहितका नेता तथा कार्यकर्ता र सुरक्षाकर्मीको घेराबन्दी पूर्व राजा शाह कार्यक्रम स्थलसम्म पुगेका थिए। कलेजमा पुग्न साथ पूर्वराजा शाहले कलेज उद्घाटन र पृथ्वीनारायण शाहको सालिक अनावरण पछि दुई तल्ला माथि तयार पारिएको आसनमा गएर बसेका थिए। 

उनी करिब एक घण्टासम्म कार्यक्रम स्थलमा बसे पनि सम्बोधन नगरी फर्किएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.