रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सोमबारबाट जलेश्वरमा

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सोमबारबाट जलेश्वरमा
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। रास्वपाका महामन्त्री डा. मुकुल ढकालका अनुसार मंसिर ११ गतेदेखि तीन दिनसम्म महोत्तरीको जलेश्वरमा बैठक बोलाइएको हो। बैठकमा प्रदेश सभापतिहरूको पनि सहभागी हुनेछन्। 

बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट सांगठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन , सासंदहरूको र संसदीय कार्यको समिक्षा, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल र निर्णय हुने ढकालले जानकारी दिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अन्य प्रदेशको तुलनामा मधेशमा संगठन कमजोर देखिएकाले संगठन निर्माणमा लाग्ने बताएका छन्। रौतहटमा आयोजित कार्यक्रममा उनले  पार्टी रणनीतिकरुपमा मधेश केन्द्रित भएको प्रष्ट पारेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.