प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्री काठमाडौंमा

प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्री काठमाडौंमा

काठमाडौं : प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष ज्ञापन पत्र बुझाएका छन्।

मंगलबार सिंहदरबारमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई भटेर उनीहरूले मुलुकमा प्रदेश सरकार गठन भएका लामो समय हुँदा पनि प्रदेशको आफ्नै प्रहरी नहुँदा कार्यसम्पादनमा असर परेको भन्दै प्रहरी समायोजनको मागसहितको ज्ञापन पत्र बुझाएका हुन्।

प्रदेशमा प्रहरी समायोजन काम हुन नसक्दा प्रदेशको शान्ति सुरक्षा व्यवस्थापन समस्या परेको उनीहरूको भनाइ छ। बागमती प्रदेशका आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठले अबिलम्व प्रहरी समायोजन गरी प्रदेश सरकार मातहत ल्याउन माग गरिएको जानकारी दिए। ज्ञापन पत्र बुझ्दै गृहमन्त्री श्रेष्ठले छिटोभन्दा छिटो प्रक्रिया आरम्भ गर्ने प्रतिवद्धता जनाएका थिए। 

'संविधानत: प्रदेशहरूलाई अधिकार सम्पन्न र संघीयतालाई बलियो बनाउन आवश्यक ऐन निर्माण, संशोधन एवम् कार्यविधि तय गर्न लागिरहेको तथा प्रहरी समायोजन प्रक्रियालाई प्राथमिकतामा टुङ्ग्याइने छ। सरकारको नीति कार्यक्रममै यो विषय सरकारले समेटेको छ,' उनले भने। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.