डडेल्धुरामा देहिजाँत मेला

डडेल्धुरामा देहिजाँत मेला
सुन्नुहोस्

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ मध्येको एक उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेला (देहीजाँत) आज पूजाआजाका गर्दै सम्पन्न भएको छ। 

जिल्लाको अमरगढी नगरपालिका–८ मा रहेको उग्रतारा मन्दिरमा सोमबार बेलुकादेखि सुरु भएको पूजा मंगलबार बेलुकासम्म मनाइएको हो। हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको रात रतेडी र दोस्रो दिन दिउँसेडी मेला लाग्ने गर्दछ।  

देहीजाँतमा अमरगढी नगरपालिकाका ४ वटा गाउँबाट देउरो आउने गर्छ। खनमडा, छचोडा, दुमडा र जिलोडा गाउँमा रहेका भ्राण (देवीको भण्डार)बाट बिहान उज्यालो नहुँदै देउरो आउने गर्छ। त्यसअघि कात्तिक शुक्ल पूर्णिमाको राति, भक्तजन उग्रतारा मन्दिर पुग्ने गर्दछन्। रातभर भगवतीको पूजा–आराधना गरेका श्रद्धालु दिउँसो, दिउँसेडीको मेला हेरेपछि घर फर्किन्छन्। सुदूरपश्चिम क्षेत्रको मुख्य धार्मिक तथा पर्यटकीय स्थलमध्ये एक रहेको उग्रतारा क्षेत्र विकास समिति अध्यक्ष तेजबहादुर साँकीले बताए।

झण्डै २ हजार ५०० वर्ष अगाडि, हालको अमरगढी नगरपालिका अन्तर्गत पर्ने लटाउली गाउँमा बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा भगवती उत्पन्न भएको लोक–कथन छ। हलोको फाली लागेर शिलाबाट रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएको र त्यस दिनदेखि दुर्गा र कालीको स्वरूपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको मुख्य पुजारी लोकराज भट्टले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.