एमाले अध्यक्ष ओली आज बैतडी आउँदै, भोली संकल्प यात्राको उद्घाटन

एमाले अध्यक्ष ओली आज बैतडी आउँदै, भोली संकल्प यात्राको उद्घाटन
फाइल तस्बिर।
सुन्नुहोस्

बैतडी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बैतडी आउने भएका छन्। एमालेले बिहीबारबाट सुरु गर्न लागेको 'झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा'को उद्घाटनको लागि एमाले अध्यक्ष ओली बैतडी आउन लागेका हुन्।  

आज दिनैभर नेकपा एमाले बैतडीले आयोजना गर्न लागेको केही कार्यक्रममा व्यस्त हुनेछन्। आज बुधबार बैतडीमा कम्युनिष्ट पार्टी स्थापना गरेका र विभिन्न क्षेत्रमा आबद्ध भई सामाजिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका १८६ जनालाई सम्मान गर्ने कार्यक्रम रहेको एमालेका केन्द्रीय कमिटी सदस्य लिलाधर भट्टले जानकारी दिए। सम्मान कार्यक्रम पछि साँझ बैतडीकै प्रशिद्ध निङ्गलासैनी मन्दिरमा पुजाआजासहित भजन कार्यक्रममा सरिक हुनेछन्। 

बिहीबार एमाले अध्यक्ष ओलीले मंसिर १४ गते बिहान ८ बजे झुलाघाटमा राष्ट्रिय झण्डाको झन्डोत्तोलन गरेर संकल्प यात्राको उद्घाटन गर्नेछन्। ओलीको नेतृत्वमा सञ्चालन हुने अभियान ३ हप्तासम्म चल्ने छ।

यस यात्रामा केन्द्रीय पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष र प्रमुख, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटीका सदस्य र स्वास्थ्यकर्मीहरु पनि टोलीमा सहभागी हुनेछन्। बैतडीको झुलाघाटबाट सुरु हुने यो अभियान पाँचथरको चिवाभञ्ज्याङमा अभियानको सन्दर्भ झल्काउने र निश्चित स्मृति चिह्नहरूसहित समापन हुने छ। 

मध्यपहाडी लोकमार्गको पश्चिमको अन्तिम बिन्दु रहेको बैतडीको झुलाघाटबाट गरिन् लागिएको संकल्प यात्राको महाअभियानलार्ई महत्वकासाथ हेरिएको छ। बैतडीमा पनि तयारी तीव्र पारिएको छ। संकल्प यात्राको व्यवस्थापनको लागि गठन गरिएका विषयगत समितिका प्रतिनिधिहरू अभियान केन्द्रित खटिएका छन्। 

संकल्प यात्राका लागि बैतडी नै किन रोजियो ?

एमालेले महत्वसँग जोडिएको संकल्प यात्राको रोजाइको बिन्दु बैतडीको झुलाघाट रहेको छ। बैतडीको झुलाघाटबाटै समृद्धिको विगुल फुकिने नेकपा एमालेले जनाएको छ। 

देशको अधिकांश भूभाग ओगटेको मध्यपहाडी क्षेत्र रहेको र यसको सुरुवाती बिन्दु झुलाघाट नै रहेकाले यसले थुप्रै सम्भावनालाई पहिल्याउने एमालेको दाबी छ। जलस्रोतको भण्डार, जैविक विविधताको खानी र बढी जनसंख्या बसोबास रहेको मध्यपहाडी क्षेत्र नै भएकाले समृद्धिको आधार नै मध्यपहाडी क्षेत्रमा रहेको संकेत गर्ने नेकपा एमालेका निवर्तमान सुदूरपश्चिम प्रदेश अध्यक्ष एवं बैतडीबाट प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले बताए। 

समृद्धिको बलियो आधार नै पहाडी क्षेत्रमा रहेकाले एमालेले संकल्प यात्रा पहाड केन्द्रित गरेको भण्डारीले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.