मोरङबाट दुई दिनमा १५ प्रतिवादी पक्राउ

मोरङबाट दुई दिनमा १५ प्रतिवादी पक्राउ
सुन्नुहोस्

विराटनगर : मोरङका अलगअलग स्थानबाट दुई दिनमा १५ जना फरार प्रतिवादी पक्राउ परेका छन्। अपराधमा संलग्न भएर लामो समयदेखि फरार रहेकालाई प्रहरीले पक्राउ गरेको हो। 

अदालतले दोषी ठहर गर्दै कैद तथा जरिवानाको फैसला गरेकाहरूलाई इलाका प्रहरी कार्यालय रानी, बेलबारी तथा प्रहरी चौकी कटहरीको टोलीले मंगलबार र बुधबार पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा विदानकुमार राई, अनिल चौधरी, साजन यादव, उमानन्द यादव, जीवन खवास, टंकबहादुर विक, मेखबहादुर तामाङ, मानबहादुर तामाङ, शान्तिदेवी सिंह, श्यावरण सिंह, घनश्याम सिंह, रामविलाश ऋषिदेव, धरमलाल ऋषिदेव, देवकुमार ऋषिदेव र चन्दन ऋषिदेव रहेका छन्। 

उनीहरू चोरी, लुटपाट, वन पैदावार ओसारपसार, सार्वजनिक अपराध र चलन हटक मुद्दामा दोषी ठहर भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। पक्राउ परेकाहरूबाट कैद तथा जरिवाना असुल हुन बाँकी रहेको उनको भनाइ छ। 

प्रहरीले पक्राउ गरेर प्रतिवादीलाई मोरङ अदालतमा बुझाएको छ। कैदको फैसला भएकालाई सजाय भुक्तानका लागि कारागार चलान गरिएको र जरिवानाको फैसला भएकालाई त्यसवापतको रकम असुल गरेर छाडिएको मोरङ अदालतका सूचना अधिकारी ओमराज सुवेदीले बताए। 

मोरङ प्रहरीले चालु आर्थिक वर्षको हालसम्म १ सय ९८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ परेका प्रतिवादीबाट ५३ वर्ष २ महिना ५ दिन कैद र ३५ लाख ५३ हजार ३ सय ६४ रूपैयाँ जरिवाना असुल भएको प्रहरीले जनाएको छ। 

डीएसपी दाहालका अनुसार अपराधमा संलग्न भएर दोषी ठहर भएपनि कैद तथा जरिवाना भुक्तान नगरिकन फरार रहेका प्रतिवादीलाई पक्राउ गर्नका लागि विशेष अभियान चलाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.